सर्लाही, माघ-२६ , सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको दोस्रो खेलमा विजयी हुदै सुदुर पश्चिम–११, क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
बिहिवार(आज) बागमती –११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा सम्पन्न प्रतियोगितामा सुदुर पश्चिम–११, २–१ गोल अन्तरले विजयी भएको हो ।
पाहुना टोली यूनाईटेड कुर्सेङ फुटवल क्लव दार्जलिङलाई पराजित गरेको सुदुर पश्चिम–११, ले जित सगैँ क्वाटफाईन यात्रा तय गरेको छ ।
खेलमा यूनाईटेड कुर्सेङले कायम गरेको अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो । खेलको पहिलो हाफको ३७ औँ मिनेटमा यूनाईटेड कुर्सेङका लागि नयन प्रधानले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए ।
तर, तिन मिनेट भित्रै सुदुर पश्चिम–११, ले गोल फर्काउदै खेललाई बराबरिको अवस्थामा पुर्याए। सुदुर पश्चिमका लागि खेलको पहिलो हाफको ४० औँ मिनेटमा भरत टमाटाले बराबरी गोल गरेका हुन् ।
सुदुर पश्चिमका टमाटाले कोना एरियाबाट गरेको फ्रिकिक प्रहार सिधै यूनाईटेड कुर्सेङको जाली चुम्न पुगेको थियो ।
दोस्रो हाफमा समेत दुवै टोलीबाट थप गोल हुन सकेन । निर्धारित ९० मिनेट १–१ को बराबरिमा सकिएपछि खेलमा २० मिनेट थप गरिएको थियो । थप समयको पहिलो हाफको ७ औँ मिनेटमा फागुराम थारुले टिमका लागि निर्णयक गोल गरेका हुन् ।
सुदुर पश्चिमका लागि दोस्रो गोल फगुराम थारुले डिबक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भयो । खेलमा गोल गर्न चुकेको सुदुरपश्चिमको लागि फ्रिकिक आजको खेलमा बरदान सावित भयो ।
निर्णणयक गोल गरेर टिमलाई जित दिलाएका थारु म्यान अफ द म्याच घोषित हुदै १० हजार पुरस्कार प्राप्त गरे ।
जितसँगै सुदुर पश्चिम–११, धनगढिले क्वटरफाईनल खेलमा चर्च ब्वईज यूनाईटेड ललितपुर सगँको भेट पक्का गरेको छ ।
आयोजक बागमती यूवा क्लवका अध्यक्ष किस्मत राज मैनालीका अनुसार १२ टिम सहभागि प्रतियोगिताका विजेता टिमले नगद १० लाख, राजर्षि जनक कप र उपविजताले नगद ५ लाख प्राप्त गर्ने छन् ।
प्रतियोगिताको शुक्रवारको खेलमा विभागिय टोली नेपाल पुलिस क्लव र नव जनजाग्रिती यूवा क्लव सिमरा विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको फाईनल खेल फागुन ७ गते हुने आयोजकले जनाएको छ ।