वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।
त्यसैले यसबाट निम्न उपायहरु अपनाऔं
– फ्लू लागेका व्यक्तिबाट टाढै बसौं
– आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौं
– घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाऔं
– मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगरौं
– खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौं
– बेलाबेलामा साबुनपानीले हात धोऔं
– हातले आँखा नाक वा मुख छुने बानी त्यागौं
– तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनऔं
– प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔं
– गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौं
– सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔं (स्वास्थ्य खबरण