सर्लाही,माघ-२५,जिल्लाको बागमतीमा बुधवार देखि सुरु भएको सातौ संस्करणको राजर्षी जनककपकोे उद्घाटन खेलमा जावलाखेल यूथ क्लवले सशस्त्र प्रहरी बल काठमाण्डौलाई पराजित गरेको छ ।जावलाखेल यूथ क्लवले सशस्त्रलाई १–० ले पराजित गरेको हाे।
जावलाखेलका लागि खेलको ६३ औँ मिनेटमा बिनोद केसीले सुरुवाती गोल गरेका हो ।
खेलको सुरुवातीमा सशस्त्र प्रहरीले जावलाखेलाइ दवावमा राखेपनि दोस्रो हाफ पछि याे स्थितिमा रहन सकेन ।
खेलको म्यान अफ दि म्याच जावलाखेलका गोलकिपर अनिष देउला घोषित भए ।
उनले १० हजार रुपैया प्राप्त गरेका छन् ।
भोली यूनाइटेडकिंङ्गडम दार्जेलिङ र सुदुरपश्चिम ११ धनगढी बीच हुने आयोजकले जनाएको छ ।
बागमती खेलकुद समिति र बागमति यूवा क्लब कर्मैयाको संयूक्त आयोजनामा जिल्लाको बागमती ११स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा प्रतियोगिता भइरहेको छ।
क्लबका अध्यक्ष किस्मत मैलालीका अनुसार प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।
आजको खेलको उद्घाटन नेपाल सरकारका उपप्रधान एवम् भौतिकपूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । मन्त्री श्रेष्ठले सामाजीक एकता र राष्ट्रिय प्रतिष्ठा बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहेको बताए ।
सर्लाही क्षेत्र नं.३ (क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाले खेलका एम्पायर श्याम दनुवारलाई फुटबल हस्तान्तरण गरेर खेलकाे शुभारम्भ गरेका थिए ।