प्रमुख जिल्ला अधिकारी /प्रमुख प्रशासकीय अधिकृत समन्वय बैठकका सहभागिहरु ।

सर्लाही,माघ-२३,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको समन्वय बैठक सदरमुकाम मलंगवामा साेमवार (आज) सम्पन्न भएको छ ।


विगतमा भएका निर्णयहरुको समिक्षा गर्दै बैठकले नागरिकसँगको संवादका लागि जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम जिल्लास्थित सबै स्थानीय तहमा संचालन गर्ने र जिल्ला प्रशासन कार्यालयले समय तालिका तयार गरी सोको जानकारी स्थानीय तहलाई गराउने निर्णय गरेको छ।


बैठकमा अर्थ मन्त्रालयको खर्च कटौती सम्बन्धी परिपत्र पूर्णरूपमा पालन गर्ने गराउने,स्थानीय सरकार संस्थागत आत्म-मूल्यांकनको कार्यविधि बमोजिमको कार्यसम्पादन/अभिलेख/प्रतिवेदन तयार गर्ने ,सबै स्थानीय तहहरुले PAMS/RMIS को पूर्णरुपमा लागु गर्ने,सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत कार्यालयबाट भएका कार्य प्रगति विवरण सार्वजनिकीकरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्राकृतिक स्रोत वन, ढुङ्गा/गिट्टी/वालुवाको संरक्षण एवम्‌ सम्बर्द्धन गर्ने ,सरकारी सवारी साधनको सदुपयोग एवम्‌ सार्वजनिक विदाको दिन सवारी अनुमति पास लिई मात्र प्रयोग गर्ने,विपद्‌ व्यवस्थापन सम्बन्धमा प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने ,कर्मचारीको सुरक्षा लगायतका विभिन्न २१ विषयमा छलफल गरी निर्णय गरिएको छ ।
बैठकमा जिल्ला स्थित चन्द्रनगर, कौडेना र धनकौल तथा बागमती, कविलासी र ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू बाहेक अन्य १२ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको बताइएको छ।यस्ता छन् बैंकका निर्णय 👇️