सर्लाही,माघ—२२,निर्धारीत समय भित्र सडक निर्माण कार्य सम्पन्न नगरे निर्माण व्यवसायीलाई कार्वाही गर्ने निर्णय गरिएको छ ।
आईतवार प्रमुख जिलला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकले बिगतमा भएको निर्णयको समिक्षा गर्दै,हुलाकी सडक निर्माणको काम समयमा नसके निर्माण व्यवसायीलाई कानुनी कार्वाही गर्ने निर्णय गरिएको हो ।
बैठकले पर्सा गाउँपालिकाको शीतलपुरदेखि मलंगवा नगरपालिका–२ सम्म, गोडैता नगरपालिकाको रोहुवा देखि गोडैता नगरपालिकासम्म, गोडैता नगरपालिकाको रोहुवा देखि बागमती पुलसम्म (बडहर्वा पुल छतौना) सम्म २०७९ चैत मसान्तसम्म सम्पन्न गर्न आग्रह गरेको छ । बैठकाले मलंगवा र पर्सा सडक खण्डकाे फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
बैठकले बाँके संग्रामपुर सडका रहेका अवरोध, फुलजोरदेखि त्रिभुवननगरसम्म रहेका अवरोध समन्वय समितिका प्रमुख, प्रमुख जिल्ल अधिकारी, शुरक्षा निकायका प्रमुख,आयोजना प्रमुख,सम्बन्धित आयोजनाका प्रमुख स्थानीय तहका प्रमुख÷अध्यक्ष, पत्रकार नागरिक समाजसहितको टोली विवादित स्थलमै गई समस्या समाधान गर्ने निर्णय गरेको छ। बैठकले निर्माण सामाग्री उपलब्ध गराउने तथा विद्युत् पोल विद्युत् प्राधिकरणसँग समन्वय गरी सडक÷नालाबाट हटाउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।