सर्लाही,माघ-२२, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक सन्त श्री रविदास जयन्ती मनाइएको छ ।


आइतवार (आज)चनद्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा सन्त श्री रविदासको ६ सय ४६ औं जन्मदिन मनाइएको हो ।
कार्यक्रममा सन्त श्री रविदासले चमार तथा अन्य जातीको उत्थानमा पुर्‍याएकाे योगदानकाे चर्चा गरिएको थियो । भारत तथा नेपालमा उनको सम्झनामा जन्मदिन अर्थात जयन्ती मनाउने गरिन्छ ।


नेपालमा हाल सम्म तीनै तहको सरकारले सन्त रविदासको जयन्ती मनाएका छैनन् । स्थानीयले भने मनाउने गरेका छन्। तर यश वर्ष चन्द्रनगर गाउँपालिकालेनै चमार समुदायको उपस्थितिमा सन्त श्री रविदासको ६ सय ४६ औं जन्मदिन मनाएकाले आफुहरूलाई खुसि लागेको स्थानीय रामजी महराले बताए।


चन्द्रनगर गाउँपालिकाले जयन्ती मनाएर दलित समुदायलाई सम्मान गरेको अर्का स्थानीय रामकेवल महराले बताए
पौराणिक धार्मिक कथन अनुसार सन्त श्री रविदासजी चमार जातीका थिए,उनी जुत्ता बनाउने सिलाउने काम गर्दथे। सन्त श्री रविदासजीले तपस्या गरि चमार जाती लगायत अन्य जातीको पनि कल्याण गरेको हुदा उनको जन्मदिन मनाउने चलनको सुरुवात भएको स्थानीय झगरु महराले बताए ।
चन्द्रनगर गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले सन्त श्री रविदासलाई सम्झना गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै , चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले दलित समुदाय वर्षौंदेखि दबिएर हेपिएर रहेको तर्क गरे ।
आफुहरूले सरकारको ब्यानरमा पहिलोपटक सन्त श्री रविदासजीको जयन्ती मनाइएको अध्यक्ष महतोले बताए ।चन्द्रनगरमा सबै जातजाति समेटिने कुलधाम देवता निर्माण गर्न बजेट छुटयाइएको उनले बताए ।, कुलधाम देवता बनाउदा सन्त श्री रविदासजीको पनि मुर्ति बनाइने अध्यक्ष महतोले प्रतिबद्धता व्यक्त गरे ।
जयन्ती कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदन थिंग, वडा नं १ वडा सदस्य रामेश्वर प्रसाद महतो, समाजसेवी महावीर महतो लगायत विभिन्न व्यक्तिहरुले मनतव्य राखेका थिए ।
जयन्तीमा सर्लाहीको बरहथवा नगरपालिका लगायत अन्य विभिन्न पालिकाकाका स्थानीयले मनाउने गरेको छन् ।