सर्लाही,माघ-२०,नेपाली कांग्रेसका मधेस प्रदेश उप सभापति,संगठन बिभाग प्रमुख, पूर्व मन्त्री बिरेन्द्र प्रसाद सिंह पिता बैजनाथ प्रसाद सिंहले धन्कौल गाउँपालिका- २ मा बर्थिङ सेन्टर निर्माणका लागि प्रदान गरेको ०-४-० चार कठ्ठा जग्गामा भवन निर्माण भएको छ। उक्त जग्गाकाे मूल ४० लाख पर्ने बताइएको छ ।
उनी नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहका पनि पिता हुन ।
एक कार्यक्रमका बीच उक्त जग्गामा निर्माभएको बर्थिङ सेन्टरकाे मधेस प्रदेश सरकारका पूर्व मन्त्री बिरेन्द्र प्रसाद सिंहले आज(शुक्रवार) उद्घघाटन गरेका छन् ।
बर्थिङ सेन्टर भवन मधेस प्रदेश सरकारकाे सामाजिक बिकास मन्त्रालयबाट प्राप्त ४० लाखको लागमा निर्माण भएकाे हाे।
बर्थिङ सेन्टर निर्माण पछि त्यस क्षेत्रका महिलाकाे सुत्केरी हुदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ।