सर्लाही,माघ-१८ जिल्लाको रानीगंज स्थित डाँडाटोलमा बुधवार  (आज) दिउँसो बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।


लालबन्दी नगरपालिका–१७, रानिगन्जमा मध्याह्न  साँढे १२ काे समयमा भएको दुर्घटनामा सोही ठाउँका ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याइएकाेमा  चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।
प्रहरीका अनुसार उत्तरतर्फबाट गइरहेको प्रदेश–२–०२–००२९२५३ नम्वरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ आइरहेको मिनरल बार्टर बोकेको प्रदेश २–०३–००१३१२९ नम्वरको बोलेरो पिकअप घुम्तीमा एकआपासमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालक नियन्त्रणमा रहेको लालबन्दी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीका अनुसार मृतककाे लास  प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपश्चात परिवारले बुझेका  छन् ।