सर्लाही,माघ -१७,जिल्लाको हरिपूर्वा नगरपालिकाको कामकाज मंगलवारबाट सुचारु भएको छ ।


गत बिहीबार प्रमुख प्रशाकीय अधिकृत वसन्त न्यौपानेमाथि वडाध्यक्षको समूहले गालीगलौच र आक्रमणकाे प्रयास गरेको भन्दै उनीहरू आन्दाेलीत थिए ।
कर्मचारीले दोषीलाई कडा कारवाही सुरक्षाको माग राखेर कामकाज ठप्प पारेका थिए । सुरक्षाको प्रत्याभूति दिलाउने सहमति पछि कामकाज सुचारू भएको हाे ।उनीहरू मंगलवारबाट काममा फर्किएका हुन ।

प्रशासकीय अधिकृत न्यौपाने भने अझै कार्यालयमा उपस्थित भएका छैनन् ।जनप्रतिनिधि र कर्मचारीबीचको टकराबका कारण नगरको योजनाहरु चालू हुन सकेको छैन ।
अघिल्लो ५ वर्ष पनि राजनीतिक खिचातानीका कारण हरिपुर्वा नगरपालिकामा बिकासले गतिलिन सकेको थिएन ।