लालबन्दी, माघ–१६,संघीय संसद भवन नजिकै आत्मदाह गरि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको आत्सा शान्तिको कामना गदै, आईतवार सँझ लालबन्दीमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि सभा गरिएको छ ।
उद्योग वाणिज्य संघ लालवन्दीले लालवन्दीबजारमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि सभा गरेको हो ।
इलाम पन्चकन्या ६ का ३६ वर्षीय व्यवसायी आचार्यको माघ १० गते मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।उनको भोलि पल्ट उपचारको क्रममा निधन भएको थियो ।
बैंकको चर्को ब्याज र उद्यारो लिएकाले समयमा नतिरिदिएका कारण आफुले आत्मदाह गर्नु परेको उनले आफ्नो आत्मकथामा लेखाका छन् ।