तालिममा सहभागि महिला । (तस्बिर: चियोचर्चो खबर)

सर्लाही,माघ—१४, आर्थिक सामाजिक दृष्टिकोणले पछि परेका तराई मधेसका महिला यतिबेला सक्षम हुन थालेको छ ।२१ औं शताब्दीमा आईपुग्दा पनि तराई मधेशमा घुम्टो प्रथा, बालविवाहलगायत अन्य कैयन कुप्रथा बिधमान रहेका छन् । यिनै समस्याहरुलाई चिर्दै सर्लाहीको चन्द्रनगर गाउँपालिका का महिला आत्मनिर्भर हुन थालेका छन् । परिवार वा श्रीमानको सहारामा बस्ने महिलाहरु अहिलो भने, आत्मनिर्भर बन्न थालेका हुन ।


नेपाल सरकार उधोग, ग्रामीण उद्यम तथा विप्रेशन आयोजना(समृद्धी) अन्तर्गत लैङ्गिक कार्य सिकाई पद्धती कार्यक्र मार्फत चन्द्रनगरका महिलामा यस्तो परिवर्तन आएको हो ।
विप्रेशन आयोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं. २ र ३ गरी ५ वटा महिला कृषक समुह छन । प्रति समुह २५ जना निरक्षर महिलाहरु छन, ५ वटा समुहमा १ सय २५ जना महिलाहरु यतिबेला आफनै खुट्टामा उभिन सफल भएका छन् ।
महिला कृषक समुहमा आवद्ध भएपछि उनिहरु साक्ष हुन थालेका हुन । घुम्टो भित्र रहने र खुलेर बोल्नसमेत नसक्ने महिलाहरु प्छिल्लो समय आयआर्जन गर्नसमेत सक्ने भएका समृद्धी आयोजना गाल्सका सुपरभाइजर विणा बिष्टले बताए ।
लैङ्गिक कार्य सिकाई पद्धती कार्यक्रम मार्फत महिलाहरुलाई पटक पटक तालिम गराइएको उनको भनाई छ । तालिममा निरक्षर महिलाहरुलाई चित्र मार्फत सिकाई कार्य गराउँदा महिलाहरु सशक्त भइरहेको सुपरभाइजर बिष्टले बताइन् ।
समृद्धी आयोजनाले आफुरुमा ठुलो परिवर्तन ल्याएको चन्द्रनगर वडा नं. २ मा रहेको धनलक्ष्मी महिला कृषक समुहका सदस्य अनिता देवी महतोले बताइन् । “पहिला घुम्टो भित्र बस्थौ, “बाहिरका मानिससँग कुरा गर्नसमेत डर लाग्थो,”उनले भनिन् । अहिले भने तालिम लिएर महिला कृषक समुहमा आवद्ध भएपछि तरकारी खेती तथा अन्य नगदे बाली गरेर जग्गासमेत जोडेको उनीले बताइन् ।


उनले छोरा छोरीहरु अंग्रेजीमा पनि राम्रो हउन उन्ने उद्देश्यले सरकारी विद्यालयबाट झिकेर नीजि विद्यालयमा पढन पठाउन थालेको बताइन् । तरकारी खेती बाट मनग्य आम्दानी भएपछि ३ जना सन्तानलाई निजि विद्यालयमा पढाउन सकेको उनको भनाई छ । उनी सफलताको कथा कृषक समुहमा आवद्ध छिन् ।
त्यस्तै बजरङ्गबली महिला कृषक समुहमा आवद्ध महिला मिना देवी साहले बिगतमा आफुहरुलाई आर्थिक समस्याले सारै सताउने गरेको बताइन् । समुहमा आवद्ध भएपछि विभिन्न सहकारीमा पैसा बचत गर्न थालेको उनले बताइन् ।
आफुले बिगत दुई वर्ष देखि नगदेबाली उत्पादन गरी स्थानिय बजारमा बेचेर सहकारीमा बचत गरेको बताइन् ।थोरै थोरै बचत गरेर एकमुष्ट रकम आएपछि आफ्नो ठुलो गर्जो टरेको साहले बताइन्। यसैगरी बजरङ्ग बली महिला कृषी समुहमा आवद्ध अर्की महिला लिला देवी महतोले पनि उल्लेख्निय प्रगती गरेकी छिन् । समुहमा आवद्ध भएपछि लिलाले ५ कठ्ठा जग्गा बाट १ बिग्हा पु¥याएको बताइन् । समुहमा आवद्ध हुनु अघि लिला पनि घुम्टो भित्र बस्थीन बाहिर आउन आयआर्जको बरेमा सोच्न डराउथिन् । समुहमा आवद्ध भएपछि १ सय २५ जना महिलामै उल्लेख्निय प्रगति भएको समृद्धी आयोजना गाल्सका संयोजक आलोक कर्णले दाबी छ ।
५ समुह बिगत तीन वर्ष देखि चलिरहेको छ र ति समुह मध्येकै ५ जना महिलालाई समान्य संस्थागत रोजगारी दिइएको कर्णले बताए । ग्रामीण उद्यम तथा विप्रेशन आयोजना(समृद्धी) ईटहरीले प्रदेश नं. १, मधेश प्रदेश र सिन्धुली जिल्लामा कार्य गरिरहेको छ ।
ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले खासगरी कृषिमा लगानी गर्ने गरेको छ । कृषक समुह खोली तरकारी,दुध,जडिबुटी र माछामा आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ । ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले मधेश प्रदेशमा लैङ्गीक कार्य सिकाई पद्धती पनि संचालन गरेको छ ।