सर्लाही,माघ- १४ ,सर्लाही क्षेत्र नम्बर २(ख)बाट निर्वाचित प्रदेशसभा सदस्य कौशल किशोर राय सम्मानित भएका छन् । नेपाल शिक्षक संघ सर्लाहीका पूर्व अध्यक्षसमेत रहेका रायलाई नेपाल शिक्षक संघ, गाउँ समिति चन्द्रनगरले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।


उनी गएको मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै संघले संघका जिल्ला अध्यक्ष यमनाथ उप्रेती, संघमा आवद्ध अवकाश प्राप्त प्रध्यानाध्यापकहरु प्रावि नाडीका प्रधानाध्यापक योगेन्द्र सिंह, सोही प्राविका शिक्षक श्याम नारायण सिंह र प्रावि गराहटोलका प्रधानाध्यापक देवनारायण सिंहलाई पनि कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
यसैबीच संघको दोश्रो स्थानीय अधिवेशनले सुशील कुमार सिंहनै अध्यक्ष रहने गरि नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष सिंहकै अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य कौशल किशोर रायको प्रमुख आतिथ्यतामा चन्द्रनगरस्थित मरिचीमान सिंह जनता माविमा भएको दोश्रो अधिवेशनले सिंहकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको महिला उपाध्यक्षमा सुशीला सिंह, उपाध्यक्षमा श्याम कुमार महतो, सचिवमा मोहन कुमार साह, सचिव अर्थमा बच्चेलाल महतो, सहसचिवमा उपेन्द्र राय, महिला सहसचिवमा पुनम सिंह, अर्थ सहसचिवमा अजय कापर, सहसचिवमा प्रमोद पासवान र रीना साहलाई चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा रामध्यान महतो, जवाहार चौधरी, कुष्णा कुमारी चौधरी, कष्णाकुमारी सिंह, सिंहेश्वर राय, सुमित्रादेवी माझी, सुरेश कुमार राय, विनिता चौधरी, कविता कुमारी चौधरी, रेणु कुमारी, दिपेन्द्र सिंह, लालधारी महतो, रामनाथ महतो र कुमारी बेवी चयन भएका छन् ।
संघको दोश्रो अधिवेशनले नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंहसहित ८ जनालाई जिल्ला अधिवेशन प्रतिनिधि चुनेको छ । जिल्ला प्रतिनिधिहरुमा सुशील कुमार सिंह, श्याम कुमार महतो, मोहन कुमार साह, उपेन्द्र राय, सुशीला सिंह, कृष्णा कुमारी चौधरी र साधना कुमारी चयन भएका छन् ।