सर्लाही,माघ-१२, नेपाल निजामती कर्मचारी संगठनले हरिपूर्वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत (राष्ट्रसेवक कर्मचारी) बसन्त न्यौपानलाई कार्यालय समयमै त्यसै नगरपालिकाका वडा अध्यक्षहरुको जत्थाले गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरेको भन्दै,आफ्नो गम्भीर ध्यनाकर्षण भएको जनाएको छ ।


संगठनले शनिवार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै, कार्यालय समयमा कार्यालयको कामकाजमा व्यस्त प्रमुख प्रशासकीय अधिकृतलाई जननिर्वाचितन वडा अध्यक्षहरुबाट आफनो दायित्व निर्वाहमा सहयोग गर्ने तथा सुरक्षाको ग्यारेन्टी गर्नको सट्टामा धाक, धम्की देखाउने, वल जफती गर्ने, गाली बेइजति गर्ने जस्तो गैर मानवीय व्यवहारको भन्दै , संगठन घोर भत्सर्ना गरेकाे छ।

संगठनले घटनाको आवश्यक छानविन गरी दोषिलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरि राष्ट्रसेवक कर्मचारीको सुरक्षाको प्रत्याभूति हुने व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
संगठनले विज्ञप्तिमार्फ नगरप्रमुख, जिल्ला स्थित सुरक्षा
निकाय र प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हाे ।
विषयलाई नजर अदाज गरिएमा संगठनहरुले कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमार्फ चेतावनी दिएको छ । माघ १२ गते प्रमुख प्रशासकीय अधिकृत न्याैपाने माथि आक्रमण भएपछि नगरपालिका का कर्मचारीहरूले कामकाज ठप्प पारेर बिराेध जानाएका छन् ।