सर्लाही,माघ- ११ , नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पुरातात्त्विक महत्त्व बाेकेकाे ऐतिहासिक मुक्तेश्वर मन्दिर संरक्षण विकासका लागि आफुले अभिभावकिय भूमिका निर्वाह गर्ने बताएका छन् ।


सर्लाहीको बरहथवा-९, जारी छैंठौ मुक्तेश्वर महोत्सवको बुधवार (आज) उद्घाटन गर्दै रक्षामन्त्री उप्रेतीले वर्तमान सरकार स्थानीय कला संस्कृतिको संरक्षण संवर्धानमा लागि पर्ने बताए ।फरक प्रसंगमा बाेल्दै रक्षामन्त्री उप्रेतीले निजगढ काठमाडौ द्रुत मार्गको काम चाडैं सम्पन्न गर्न सरकार लागि परेको बताए । उनले केही प्रविधिक समस्याले काम ढिलो भएकाले त्यसको समाधान गर्न नेपाली सेनालाई निर्देशन दिएको बताए।
उनले सर्लाहीलाई संघीय राजधानीसँग जोडने फास्टट्रयाक अन्तर्गतको मुडेबाट बागमतीसम्मको दुरी १४ किलोमिटर मात्र रहेकाले त्यसको लागि बैकल्पिक सडक निर्माणको अध्ययन थाल्न आफुले पहलकदमी लिने बताए । द्रुत मागर्ग निर्माणले समग्र देश र मधेसकाे बिकासमा ठुलो टेवा पुग्ने उनको बिश्वास छ ।
उनले मूर्तियालाई औधाेगिक क्षेत्रकाे रूपमा बिकास गर्न, लखनदेही खाेलामा पुल निर्माण गर्न प्रयासरत रहेको बताए ।
कार्यक्रममा बरहथवा नगरपालिका कि मेयर कल्पना कटुवालले नवनियुक्त रक्षामन्त्री उप्रेतीलाईलबधाई ज्ञापन गर्दै,,´मुक्तेश्वर मन्दिर ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले बरहथवा नगरभित्रकाे ऐतिहासिक धराेहरकाे बिकाशकाे लागि डिपिआर अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सवमा तीन दिनसम्म चल्ने र महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य एवम् बरहथवा नगरपालिका -९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्‍याउने व्यक्तित्वलाई महाेत्सव आयाेनक समितिले सम्मान गरेको थियो ।