सर्लाही,माघ १० – आफ्नो ५८ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंक लालबन्दीले मंगलवार जुटपानी स्थित वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरिएको छ ।

बैंकको लालबन्दी शाखाले लालबन्दी २ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेको हो ।
आश्रमलाई बैंकको तर्फबाट ५० केजी चामल, १५ केजी आलु, ५ केजी प्याज, २ केजी गोलभेँडा, १ केजी सिमी, १ केजी खुर्सानी, ५ केजी काउली, १० केजी दाल, ५ केजी बन्दा, ३ लिटर तेल, २ केजी चिनी र आधा केजी चियापती प्राप्त भएको आश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।बैंकका कर्मचारीले आश्रममै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् ।