चियोचर्चो खबर
मलंगवा माघ २१—सर्लाहीको कविलासीमा बेवारिसे शव फेला परेको छ । कबिलासी नगरपालीका—६ मदनपुर टोलमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।
अन्दाजी ६५ वर्षिय महिला गहु खेतमा मृत अवस्थामा फेला परेको सर्लाहीे प्रहरिले जनाएको छ । सोमवार बेवारिसे अवथामा फेला परेको शवको अझै पहिचान हुन नसकेको प्रहरिले जनायको छ । नाम थार नखुलेकी महिला भएकाले पहिचानमा समस्या रहेको प्रहरिले भनाई छ ।
रातो चोलो ,रातो पहेलो सारी तथा निलो पेटिकोट लगाएकी मधेसी मुलको जस्तो देखिने महिलाको लास अहिले पोटमाटम पछि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको प्रहरिले जनायको छ ।