माघ-९, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य सुरु भएको छ।
चन्द्रनगर गाउपालिकाको वडा नं.२ मा टाेलटाेलमै कर्मचारीहरु पुगेर लागत संकलनको शुरुवात गरेका हुन ।
चनद्रनगर गाउँपालिकामा ७ वटा वडा र ३० टोल रहेका छन् ।
देशका स्थानिय तहहरु मध्ये चन्द्रनगरमा पहिलो पटक टोल टोलमै पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्यको आरम्भ भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलेबताए ।
स्थानियलाई पालिका धाउनुपर्ने बाध्यता नहाेस भनेर भूमिहीन सुकुम्वासीकाे लागि घुम्ती लगत संकल स्टल राखिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले बताए ।
आज एक टोलमा लगत संकलन भैरहेको छ भोली ७ वटा वडैको टाेलमा लगत संकलन टोली खटाइने अध्यक्ष महतोले बताए।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु, नागरिकता नलिएको बास्तविक सुकुम्वासीहरुको छिटै लगत संकलन गरी चालु आर्थिक वर्ष भित्रै केही सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरण गरिने र बाँकी रहेका सुकुम्वासीहरुलाई पनि पछि जग्गा धनी पूर्जा प्रदान गरिने अध्यक्ष महतोले बताए ।
वडा नं. २ मुसहरी टोलका भूमिहीन सुकुम्वासी अकली देवी माझीले टोल टोलमै लगत संकलन गर्न कर्मचारीहरु आएपछि आफुहरुलाई धेरै नै सहज भएको बताइन् ।
टोलमै लगत संकलनको कार्य नहुदाँ आफुहरुलाई वडा धाउनुपर्ने अवस्था आउथ्यो, ´टोलमै आएपछि हामीहरुको समय पनि बचत भयो,`उनीले भनिन् ।
भूमिहीन सुकुम्वासी मन्टु माझीले बाजे पनि भूमिहीन सुकुम्वासी, बुवा पनि भूमिहीन सुकुम्वासी र आफु पनि सुकुम्वासी भएको बताए । उनले अब लगत संकलन टोलमै हुन थालेपछि आफुहरुलाई पनि जग्गा प्राप्त हुने विश्वस्त बढेको बताए ।उनले आफुहरू पुर्खाै पुर्खा देखि भूमिहीन (लालपुर्जा बिहिन )भएको बताए ।