सर्लाही,माघ-८,जिल्लाको हरिवन नगरपालिका ५ घुर्कौलीमा आइतवार(आज) २८५९ सोनाम ल्होसार पर्व भव्यताकासाथ मनाइएको छ ।


तामाङ समाज हरिवन ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरी सोनाम ल्होसार हर्षोल्लासपूर्वक मनाइएको हो ।


समाजका संयोजक सिंहलाल योन्जनको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा  हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तामाङ समुदायको विभिन्न गीतमा नृत्यसहित गायक प्रकाश तिमल्सिनाको गायनसँगै कलाकारहरु रीया लामा, रवीना घिसिङ, सोनाम योन्जनलगायतको प्रस्तुति रहेको थियो । सोनाम ल्होसारका अवसरमा जिल्लाको अन्य स्थानमा पनि आइतबार विभिन्न कार्यक्रमहरु भएका छन् ।
पर्वकाे  अवसरमा सर्लाहीको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले भोली सोमवार पनि सार्वजनिक बिदा दिएका छन् ।