चियाेचर्चाे खबर
जनकपुर, माघ २१ —प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रम ओली समूहले बहिष्कार गरेको छ । प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–नेपाल समूहका सत्रुध्न महतोलाई संसदीय दलको नेताको हैसियतमा आसन ग्रहण गराएपछि ओली समूहले कार्यक्रम बहिस्कार गरेको हो । नेकपा दुई समुहमा विभाजित बनेपछि प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल हटाएर सत्रुध्न महतोलाई प्रचण्ड–नेपाल समूहले चयन गरेको थियो । प्रदेशसभाद्वारा आयोजित तेश्रो वार्षिकोत्सव कार्यक्रम बाहिष्कार गरेका ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सत्यनारायण नै आधिकारिक संसदीय दलको नेता रहेको दावी गरे ।उनले कार्यक्रममा प्रचण्ड–नेपाल समूहका सत्रुध्न महतोलाई मान्यता दिएको भन्दै आक्रोश पोखेका छन ।