सर्लाही,माघ-८,नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य महिला नेतृ माया बलको हटअट्याक(मुटुरोग) का कारण निधन भएको छ ।
उनी करिब दुई साता अघि काठमाण्डौस्थित केएमसी हस्पिटल भर्ना भएकी थिइन् ।
उनको उपचारकै क्रममा ५२ वर्षको उमेरमा शनिवार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी केही वर्ष यता घाटीकाे क्यान्सर रोगबाट पीडित थिइन् । ´आयुर्वेदीक उपचारपश्चात क्यान्सर भने करिबकरिब ठिक भएको थियो,` पारिवारिक स्रोतले भन्यो`, । पछिल्लो समय देखिएको अल्जाईमरका कारण उनको मृत्यु भएको पारिवारिक स्राेतले जनाएको छ ।
उनी तत्कालीन माओवादीले सञ्चालन गरेकाे दशवर्षे जनयुद्धकाे कमाण्डार हुन । बल हरिवन ९ नयाँरोडमा आफ्नो श्रीमान र छोराछोरीको साथमा बस्दै आएकी थिइन् ।
उनको निधन प्रति नेपाली कांग्रेस ,नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लगाएका राजनीति दलका नेता कार्यकर्ता सामाजिक अगुवाहरूले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली प्रकट गरेका छन्।
उनको शव अहिले केएमसी अस्पतालमै राखिएको छ । उनका छोरा अस्ट्रेलियाबाट आउने र शव पनि सँगै सर्लाही ल्याउने तयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ।