सर्लाही –७, जिल्लाको बागमतीमा शनिवार नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले एशोसिएसनको प्रदेश र जिल्ला नेतृत्व चयन गरेको छ । बागमतीस्थत सीता प्यालेस होटलमा भएको अधिवेशनले अजय शर्मा अध्यक्ष, गोविन्द राय उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष, सरोज लाल सह–सचिवसहित १६ सदस्यीय मधेश प्रदेश स्तरीय समिति गठन गरेको छ ।
त्यस्तै, अनिल कुमार गुप्ता अध्यक्ष, रामध्यान राय कोषाध्यक्ष र अशोक कुमार गुप्ता सचिवसहित १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।