कृष्ण थपलिया /सर्लाही
माघ –७, लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले बिकाशका लागि उर्जासील युवाहरू सँग हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको बताएका छन् ।
लालबन्दी जेसिजको शनिवार (आज) सम्पन्न  चौंथो पदस्थापन कार्यक्रममा बाेल्दै मेयर अधिकारीले यस्तो बताएका हुन ।


उनले कुलतमा लागेका युवाहरूलाई सहि ठाउँमा ल्याउन उर्जासील युवाहरूकाे समुह लालबन्दी जेसिजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
व्यक्तिको हैन विधिको शासनलाई अग्र स्थानमा राखेको,जेसिज सँग सिक्नुपर्ने धेरै कुराहरू रहेकाे बताउदै,यसका लागि धेरै लडाइँहरू लड्नु परेको बताए ।
लालबन्दीमा जनकपुर , वीरगन्जकाे सरह स्वास्थ्य सेवा दिलाउन आफूले चाहेको बताउदै, सहकार्य समन्वय र एकताकाे माध्यमले अघि बढ्न आग्रह गरे ।
मेयर अधिकारीले शिक्षा, स्वास्थ फाेहरमैला पर्यटन कुन  क्षेत्रमा काम गर्नेहाे, स्पष्ट याेजनाका साथ आए  उर्जासील युवाहरू सँग सहकार्य गरेर काम गर्न नगरपालिका  तयार रहेको बताए ।
सर्लाही जिल्लामा कर्णाली जस्तो बिकट ठाउँहरूसमेत  रहेकाले बिकासका लागि संघीय  सरकार गुहार्नु पर्ने बाध्यता रहेको बताए ।उनले  समृद्धिकाे यात्रामासमेत युवाहरूकाे  जिम्मेवारी रहने बताए । उनले एक्लै हिडेर गन्तव्यमा पुग्न नसकिने भएकाले हालेमालाेकाे आवश्यक औल्याउए ।
कार्यक्रममा उपमेयर कल्पना माया पाख्रीन ,पूर्व मेयर मान बहादुर खड्का लगाएका वक्ताहरूले व्यक्तिको हैन विधिको शासन हुनुपर्छ भन्ने जेसिजकाे मान्यता स्थापित भए सुशासन कायम हुने र यसले समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने तर्क गरे ।लालबन्दी जेसिजको वर्ष २०२२ का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर वासुदेव  अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । केही दिनअघि भएको भेलाबाट वर्ष २०२३ का लागि ठाकुरप्रसाद बख्रेल (मनोज) अध्यक्ष रहने गरी जेसिजको नयाँ कार्य समिति चयन गरिएको थियो ।
कार्यक्रममा  लालबन्दी जेसिज वर्ष २०२३ का अध्यक्ष बख्रेल लगाए अन्य पदाधिकारीहरूकाे पनि पदस्थापन भएको छ  ।लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित होटल आर्य ईनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हाे ।