सर्लाही,मघ-४,जिल्लाको हरिपुर नगरपालिका–७, पचगछीयामा सोमवारबाट सुरु भएको तीन दिने पाँचौं तिला संक्रान्त तथा माघी महोत्सव बुधवार (आज)सम्पन्न भएको छ ।


हरिपुर नगरपालिकाको सहयोगमा थारु कलासँस्कृति आयोजना समिति र थारु कल्याणकारिणी सभा नेपालले संयुक्तरूपमा महाेत्सव  आयाेना गरेको हाेे ।
महोत्सवमा स्थानीय थारु कलासंस्कृति झल्कने  स्टिल तथा थारु भेषभुषासहित पहिचान झल्कने  संस्कृति कार्यक्रम तथा नृत्य प्रतियोगितासमेत  आयोजना गरिएको थारु कलासंस्कृति समितिका अध्यक्ष अरविन्द्र चौधरीले जानकारी दिए ।


आज सम्पन्न नृत्य प्रतियोगितामा सहभागी विजेतालाई क्रमश  २० हजार ,१५ हजार  ,१० हजार नगद पुरस्कार प्रदान  गरिएको छ।
प्रतियोगिताको प्रथम पुरसझ  लालबन्दी- ४ हरिभवनका रामकुमार चौधरीकाे समुहले हात परेका छ। त्यस्तरमै द्वितीय  पुरस्कार हरपुर – ७ का सुदिप चौधरीकाे समुह र तृतीय पुरस्कार ईश्वरपुर नगरपालिका पोखरी टोलका सुशान्त चौधरीकाे समुहले प्राप्त गरेकाे आयाेजकले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रामचन्द्र चौधरी ,विशिष्ट अतिथि हरिपुर नगरपालिका नगर प्रमुख गोपाल पंजियार र घरेलु तथा सानाउद्योग कार्यालय मलंगवा प्रमुख जितेन्द्र किशोर गुप्ताले पुरस्कार  प्रदान गरेका आयोजक संस्थाका सदस्य अभिमन्यु चौधरीले जानकारी दिए ।
कार्यक्रममा थारू समुदायबाट एमबिबिएस,उत्रिन ,शिक्षा सेवा ,प्रहरी लगायतको क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल व्यक्तिहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।
महोत्सवको समापन कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र चौधरी,हरिपुरका मेयर गोपाल पंजियार, वडाध्यक्षहरू, समाजसेवी उदयनारायण चौधरी , रामप्रसाद चौधरी, अन्जना पंजियार  लगायतकाको उपस्थिति रहेको थियोे ।