प्रतिकात्मक तस्वीर

सर्लाही,माघ- ४ ,प्रहरीले सर्लाहीको इश्वरपुर नगरपालिका- ६, बयलवासबाट एक जनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ।


प्रहरीले बुधबार दिउँसो बिषेश सूचनाको अधारमा पैदल हिडिरहेको अवस्थामा ईश्वरपुर नगरपालिका-५, नरेशखोर बस्ने २२ वर्षीय संजित कुमार महतोलाई पक्राउ गरेको हाे ।
चेकजाँचको क्रममा प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ९ एमएमको एक थान गोली बरामद गरेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार महतोलाई अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा राखिएको छ।