ललाबन्दी, माघ २१— बागमती नगरपालिका २ धरहराका प्रेम बहादुर कटुवाल,छोरा दिपक कटुवाल र बुहारी सरू कटुवालले बुधवार लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धसेवाश्रममा आश्रित वृद्धवृद्धालाई बिहानको खाजा र बेलुकाको भोजनको व्यबस्था गराएका छन् ।


बुधवारनै लालबन्दी नगरपालिका ७ की जेशिका थापाले राम्रो अंक ल्याएर १२ पास गरेकोे उपलक्ष्यमा उनकी आमा शान्ता कार्कीले दिउँसोको खाजाको
व्यवस्था गरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । आश्रममा आएर भोजनको प्रवन्ध गरेकोमा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइरालाले धन्यवाद् ज्ञापन गरेका छन् ।


जिल्ला प्रशासन कार्यालय सर्लाहीमा २०५५ सालमा दर्ता भई सञ्चालमा रहेको आश्रममा हाल ४६ जना वृद्धवृद्धाहर आश्रित छन् । विभिन्न उत्सव, वार्षिक पुण्यतिथि ,तिथि लगाएतमा मनकारी महानुभावको सहयोगले आश्रममा आश्रित वृद्धवृद्धालाई भोजनको प्रवन्ध हुनेगरेको आश्रमकी अध्यक्ष तथा व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन्