sf7df8f}F, # df3M gjlgo'Qm dGqLx?nfO{ zky /fi6??klt ljBfb]jL e08f/L d??unaf/ /fi6??klt ejg zLtnlgjf;df cfof]lht ljz]if ;df/f]xdf gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpg'x'Fb} . tl:a/M k|bLk/fh jGt??/f;;

सर्लाही,माघ- ३ , सर्लाही क्षेत्र नम्बर -३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती मन्त्री  नियुक्त भएका छन् । नेकपा एमालेबाट निर्वाचित उप्रेतीले रक्षामन्त्रीकोको जिम्मेवारी पाएका हुन ।


राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्री उप्रेतीसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी छिन् ।
`यश अघि उप्रेतीजीले  कृषि मन्त्रीको जिम्मेवारी पाउने चर्चा थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी सँग  शपथ ग्रहण गर्ने  नवनियुक्त  मन्त्रीहरूमा उपप्रधान, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन राप्रपाकै ध्रुबबहादुर प्रधान कानून मन्त्री ,बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री रहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्।
नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।
नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी भएका छन्।
यसअघि  पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाएका थिए। साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए।
जनमत पार्टीका अब्दुल खान पनि यसपटक मन्त्री भएका छन्।

रक्षामन्त्री उप्रेती  गएको  मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट ३२ हजार ९३८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
उप्रेती २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाटै  संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।  भने पहिलो संविधानसभा निर्वाचन २०६४ मा पराजित भएका थिए।
नेकपा एमाले रहेर लामो समय राजनीति गरेका उप्रेतीलाई पार्टी भित्र सहज र सरल स्वाभाव भएका नेताको रुपमा लिइन्छ । पार्टी बाहिर  उनलाई  सामुहिक काममा सक्रिय हुने र सहयोगी भावनाको नेताको रुपमा चिन्निन्छ।