सर्लाही,माघ- ३ , सर्लाही क्षेत्र नम्बर -३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती मन्त्रीका लागि सिफारिस भएका छन् ।
नेकपा एमालेबाट निर्वाचित उप्रेतीलाई कृषि मन्त्रालयको जिम्मेवारी  दिने एमाले भित्र सहमति भएको सम्वद्ध स्रोतले जनाएको  छ।


`उप्रेतीजीले  कृषि मन्त्रीको जिम्मेवारी पाउने लगभग सहमति भएको छ, उच्चस्तरीय संयत्रको बैठक बसिरहेकाले केहि बेरपछि सबै मन्त्रालयको टुंगो लाग्ने स्राेतले जनाएको छ। केही दलसँग सामान्य छलफल बाकी भएकाले हेरफेर हुनपनि सक्छ`,एमाले उच्च स्रोतले भन्यो।´
गएको  मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उप्रेतीले सर्लाही क्षेत्र नम्बर ३ बाट ३२ हजार ९३८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
उप्रेती २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाटै  संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।  भने पहिलो संविधानसभा निर्वाचन २०६४ मा पराजित भएका थिए।
नेकपा एमाले रहेर लामो समय राजनीति गरेका उप्रेतीलाई पार्टी भित्र सहज र सरल स्वाभाव भएका नेताको रुपमा लिइन्छ । पार्टी बाहिर  उनलाई  सामुहिक काममा सक्रिय हुने र सहयोगी भावनाको नेताको रुपमा चिन्निन्छ।
सत्ता गठबन्धन दलबीच गएराति भएको सहमति अनुसार आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सफथ  गराउने   कार्यक्रम तय भएको छ।