प्रेमचन्द्र झा/रौतहट
माघ —२,राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले गौर धटनाको दोषिलाई कार्यवाही गर्न आयोगले लिखित रुपमा सिफारिस गरेको बताएका छन् । महिला विरुद्ध हुने हिंसा सम्बन्धि संयुक्त राष्ट्र संघमा पठाउने प्रतिबेदनका विषयवस्तु माथि भएको छलफल कार्यक्रममा बोल्दै सदस्य थापाले गौर घटनाको दोषी उपर कार्यबाही हुने विश्वास व्यक्त गरे ।
२०६३ चैत्र ७ गते राईस मिल गौरमा भएको सो धटनामा तत्कालिन नेकपा माओ वादीका करिव ३ दर्जन नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग तथा महिला आयोगद्वारा संयुक्त रुपमा चन्द्रनिगाहपुरमा आईतवार आयोजित कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरे ,चन्द्रपुर नगरपालिका नगर उपप्रमुख जयमाला चौधरी,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जयसवाल , एकल महिला सञ्जाल रौतहटका अध्यक्ष सोमरिया देवी , ईन्सेकका रौतहट प्रतिनिधि कोपिला तिमल्सिना , दलित अगुवा गोविन्द राम लगाएतको सहभागिता रहेको थियो । महिलाले भोग्नु परेको हिंसाका बारेमा छलफल केन्द्रित भएको थियो ।