सर्लाही माघ- १,जिल्लाको परवानीपुरमा स्थानीयको दबाब र समाचारकाे प्रभावका कारण  बेचीएकाे  एम्बुलेन्स फिर्ता ल्याउन समिति बाध्य भएको छ ।


सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल नामक संस्थाले सञ्चालन गरेको एम्बुलेन्स सञ्चालन गर्न नसके भन्दै, करिब  ५ वर्ष अघि बिक्री  गरेको थियो ।
स्थानीयले चर्को विरोध र दर्जन बढी स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा सम्बन्धी समाचार प्रकाशन भएपछि संस्थाका अध्यक्ष लगाएतका पदाधिकारीहरूले एम्बुलेन्स फिर्ता लगेका  हुन ।


के के सर्त र कुन कुन प्रतियाबाट एम्बुलेन्स फिर्ता ल्याइयो भन्ने विवरण नआएपनि अहिले  एम्बुलेन्स फिर्ता लगि  प्रहरी चौकी परवानीपुरमा राखिएको बुझिएको छ ।
प्रहरी चौकी परवानीपुरका इन्चार्ज खिलचन्द्र कार्कीले समितिले फिर्ता ल्याएको एम्बुलेन्स अन्यत्र राख्दा असुरक्षित हुने र समितिले पनि एम्बुलेन्सका विषयमा छलफल गर्नुपर्ने भएकोले दुई चार दिन चौकीमै राखी दिन भनेकोले आफूहरुले राखेको बताए ।
हामीलाई स्थानीयले दिएको जानकारी अनुसार एम्बुलेन्स ल्याएर चौकीमा राखेको भएपनि साँचो भने १५ र १६ का वडाअध्यक्षद्वय गोरख बहादुर बल र गणेश वहादुर थापालाई हस्तान्तरण गरिएको छ ।
२०६७ सालमा भागवत लगाएर संकलन भएको पैसाले २०६८ सालमा भन्सार छुटसहित १० लाख रुपैयाँमा किनेको एम्बुलेन्स समितिले ५/६ वर्ष चलाएर चलाउन नसकेको भन्दै स्थानीय सरोज खड्कालाई ३ लाख ७५ हजारमा बिक्री गरेको  समितिका पदाधिकारीहरूकाे भनाइले पुष्टि गर्छ ।
खड्काले पनि चलाउन नसकेपछि ५ लाख २० हजारमा रानीगन्जका दिनेश योन्जनलाई बेचेकाे सञ्चारकर्मी संगकाे सम्बादकाे क्रममा बताएका थिए ।
योन्जनले जीर्ण भएको एम्बुलेन्स थप ५ लाख ९१ हजारमा मर्मत गरेर सञ्चालन गरेको दाबी गरेका थिए ।
उनले हामीसँगको कुराकानीमा आफ्नो लागेको रकम फिर्ता दिए एम्बुलेन्स फिर्ता गर्ने यसअघि नै बताई सकेका छन् । अहिले समितिले के-कसरी एम्बुलेन्स फिर्ता लगेको हो त्यसविषयमा उनीसँग  बुझ्न खोज्दा पनि उनले  फोन उठाएनन् ।
जनताले एक एक मुठी अन्न र सुकाे सुकाे पैसा जम्मा गरेर किनेको एम्बुलेन्स चलाउन नसकेको बहाना गरेर विक्री गर्ने समितिको नियत ठिक नभएको स्थानीयले बताएका छन् ।
सेवाका लागि किनेको एम्बुलेन्स विक्री गरेपछि आफूहरु बोल्न र मिडिया गुहार्न बाध्य भएको उनीहरुको भनाई छ ।