विद्यालयले निकालेकाे सूचना

बरहथवा,माघ २०— सर्लाहीको बरहथवा–५, स्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयको पठनपाठन तीन दिको लागि स्थगित गरिएको छ ।आफ्नो माग राख्न गत शुक्रबार नगरपालिकामा पुग्दा प्रहरीले दमन गरेको भन्दै आईतवारबाट विद्यार्थीहरु धर्नामा बसेका थिए । विद्यार्थीहरु विभिन्न नौ बुँदे माग राखेर धर्नामा बसेका हुन् । सूचना मार्फत विद्यालयले माउत्पन्न समस्या समाधान गर्न भन्दै बुधवार देखि शुक्रवार सम्मका लागि पठन पाठन स्थगित गरिएको जनाएको छ ।
पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि आफ्ना मागको सुनुवाई नगरिएको उनिहरुको गुनासो छ । माग सुनुवाई गर्नुको सट्टा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रसाशकीय अधिकृत खिम बहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले आफूहरुलाई कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नभएको भन्दै विद्यार्थीहरूले गत शुक्रबार नगरपालिका कार्यालय र विद्यालयमा तोडफोड गरेका थिए । विद्यार्थी समूहको आक्रमणबाट कार्यालयको झ्यालको सिसा, ढोका, गमलाहरु लगायतमा क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भूजेलले जानकारी दिनुभयो ।