सर्लाही,पुस—३०,सर्लाही प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट स्रोत नखुलेको १२ लाख पैतालीस हजार नेपाली रुपैयाँसहित एक भारतीय र चार नेपाली नागरिकलाई पक्रउ गरेको छ ।
प्रहरीले शुक्रवार साझँ ५ बजे जिल्लाको बरहथवाबाट भारत तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च १७९४ नं.को क्ध्क्ष्ँत् कार गोडैता नगरपालिका वडा नं.—१२ लक्ष्मीचोकमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ४५ हजारसहित कारका चालक र कारमा सवार अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कार चालक काठमाण्डांै बागेश्वरी मनोहरा न.पा.–८ का बर्ष ३२ वर्षीय प्रल्हाद चापागाई गाडीमा सवार सोही ठाउँका अन्दाजी ३६ वर्षका शिव चापागाई,सोही ठाउँका ४८ वर्षीय को कृष्ण दहाल र काठमाण्डांै बागेश्वरी मनोहरा नगरपालिका .–२ का २७ वर्षीय सनम बस्नेत रहेका छन् । त्यस्तै शुक्रवार दिउँसो २ बजे विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलिले जिल्लाको मलंगवा नगरपालिका –२ स्थितमा नेपाल विधुत प्राधिकरण मलंगवा कार्यालय अगाडिबाट भारतबाट नेपाल तर्फ साइकलमा आउदै गरेको एक भारतीय नागरिकलाई नेपाली रुपैयाँ दुई लाखसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत सितामढी जिल्ला मरिया ग्राम पंचायत –३ तिलहंगी का अन्दाजी १९ वर्षीय राहुल महतो रहेका छन् । सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार नगदसहित पक्राउ परेका उनीहरुसंग आवश्यक अनुसन्धान भई रहेको छ ।