लालबन्दी, पुस २७ – सर्लाहीको लालबन्दीमा बुधवारबाट स्याहारकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजनामा लालबन्दीस्थित होटल यूनाईटेड ईनमा सूरु भएको तालिममा मधेश प्रदेशको ८ वटा जिल्लामा संचालित वृद्ध आश्रमका संचालकहरु सहभागी छन् । पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमकी व्यवस्थापक भवानी कोइरालाका अनुसार तालिम शुक्रवारसम्म चल्ने सहभागी।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष छत्र प्रधानको अध्यक्षता तथा लालबन्दीका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित प्रशिक्षण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख नरेशराज सुवेदी, लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्की, नेपाल हृदय रोग प्रतिष्ठान सर्लाहीका अध्यक्ष बाबुकाजी नुच्छे प्रधान लगायतको आतिथ्यता रहेको थियो । सहभागीहरुलाई डाक्टर प्रेम शर्मा, शारदा चन्द, सुर्य श्रेष्ठ लगायतले प्रशिक्षण प्रदान गर्ने छन् ।