हरिवन,पुस-२७,हरिवन सिटी जेसिजले सन् २०२३ को लागि नयाँ बोर्ड सदस्यहरु चयन गरेको छ ।
जेसिजका राष्ट्रिय उपाध्यक्ष एवम् निर्वाचन आयुक्त सरोज अधिकारीको संयोजक रहेको निर्वाचन समितिले सन् २०२३ को लागि नयाँ वोर्ड सदस्यहरु चयन गरेको हो ।


नव गठित  वोर्डको अध्यक्षमा राजेश प्रसाद चौधरी, कार्यकारी उपाध्यक्षमा रामप्रवेश दास र कृष्ण भट्टराई, उपाध्यक्षमा किरणकुमार थिङ, समुन्द्रदेव खत्री, संदीप लामा र अर्जुन कुमार साहलाई चयन भएका छन्  ।
निर्वाचन समितिमा संयोजक अधिकारीसहित लक्ष्मीदास, रमेश शर्मा र मनिष घिमिरे सदस्य रहेका हरिवन सिटी जेसिजले जानाएकाे  छ ।