सर्लाही,पुस-२७,जिल्लाकाे लालबन्दी नगरपालिकाले आफ्नो नवौं नगरसभामा पहिलोपटक संसदीय अभ्यासकाे थालनी गरेको छ ।
नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए । पुस २२ गतेबाट सुरु भएको लालबन्दी नगरपालिकाले नवौं(विधेयक ) अधिवेशनमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्नायार्थ प्रस्तुत गरिएको थियो ।
विधेयक अधिवेशनमा बिषयगत समितिका प्रमुख (वडाध्यक्ष) हरूले संस्था दर्ता विधेयक ,सावारी तथा यातायात विधेयक,फाेहाेरमैला व्यवस्थापन विधेयक,जलश्राेत संरक्षण तथा व्यवस्थापन विधेयक,भूउपयाेग विधेयक र नगरकाे संगठन तथा व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९ माथि दफावार छलफल गरि निर्णायार्थ प्रस्तुत गरेका थिए । नगर सभाले उक्त विधेयकहरू सर्वहम्मत पारित गरेको छ ।
पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वट विधेयक प्रस्तुत भएको लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।
आज प्रस्तुत खेलकुद व्यवस्थापन विधेयक,आन्तरिक कार्यप्रणाली नियन्त्रण विधेयक र नगरपालिकाकाे भवन निर्माण तथा नियम मापदण्ड २०७९ छलफलका लागि प्रस्तुत भएको सभाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले जानकारी दिए ।उनका अनुसार प्रस्तुत विधेयक उपर दफावार छलफल गरि पुस ३० गतेको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।
नगर सभाकाे शून्य समयमा बोल्दै वडा नं १ का वडाध्यक्ष हरिहर बहादुर भट्टराईले नगर सभामा संसदीय अभ्यास भएकाले आफुलाई धेरै खुसी लागेको बताए । उनले सर्लाहीमा पहिलोपटक यस्तो अभ्यास गरिएको दावी गरे।
आज पारित विधेयकलाई प्रमाणीकरण अभिमुखिकरण तथा राजपत्रमा प्रकाशित गर्न सभाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले सचिवालयलाई निर्देशन दिएका छन् ।