बरहथवा,पुस- २६ ,सर्लाहीको बरहथवा नगरपालिका- ५ का समाजसेवी जगनाथ सहाले १२३ परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
सहाले मंगलबार  सर्लाहीको गोडौता नगरपालिका -४ का अतिविपन्न दलित, जेष्ठ ,नागरिक र एकल महिलालाई  ज्याकेट र कम्बल वितरण गरेका हुन ।


चिसोमा न्यानो कपडा पाएपछि आफूहरूलाई  निकै खुसी लागेको   स्थानीय योगेन्द्र राम चमारले  बताए ।
चिसो र शिललहरले रातभरि सुत्न नसकेको बेला ओढ्ने कम्बल पाएकाले अत्यन्तै खुसि लागेको  स्थानीय सिकेन्द्र पासवानले बताए  ।
तराईमा लागेको बाक्लो हुस्सु र शितलहरको कारण यहाँको जनजीवन प्रभावित भएको छ। चिसोले कठ्यांग्रीएर कयौंकाे मृत्युसमेत भइसकेको छ ।