सर्लाही,पुस-२६ ,जिल्लाको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा यतिबेला समाजिक कार्यमा सक्रिय  छन् ।


डा. झा रातको करिब साढे ८ बजे एउटा चिरान मिलमा  दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गर्याै, केका लागि दाउरा किन्दै हुनुहुन्छ ? उनले भने,`´ सितलहर तथा चिसो समस्यासंग जुधिरहेका विपन्न नागरिकलाई राहत पुर्‍याउन हाे`,।
उनले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर चिसाेले कठ्यांग्रीएका विपन्न नागरीकलाई   दाउरा वितरण गर्दै छन् यतिबेला । उनले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको विभिन्न चौक  तथा मुसहर बस्तीमा शितलहरबाट प्रताडित  स्थानियलाई  दाउरा वितरण गरेका छन् ।


सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम पुगेको छ । त्यसमा पनि शितलहरका कारण  विपन्न परिवार तथा दलित बस्तीका स्थानीय  प्रभावित भएकाले  आफु निःशुल्क दाउरा वितरण गर्ने अभियानमा रहेको  डा. झाले बताए ।
यति मात्र हैन उनले आर्थिक समस्यासंग जुधिरहेको विपन्न परिवारमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गरेका छन्  । डा. झाले समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउँपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपाङ्ग भएको व्यक्तिलाई कम्बल र जुता वितरण गरेका हुन।
उनका अनुसार भोली (बुधवार) कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारलाई  बल्यांकेट वितरण गर्ने कार्यक्रम रहेको छ । मुसहर परिवार,अपाङ्गता भएको परिवार र बिधवालाई प्रति परिवार १ थान बल्यांकेट वितरण  गर्ने डा.  झाले बताए ।               
डा. झा निरन्तर रुपमा विपन्न परिवारका बालबालिकाहरुको निःशुल्क उपचार समेत सक्रिय छन्  ।औषधी किन्न पैसा नहुने व्यक्तिलाई  उनले आफनो व्यक्तिगत खर्चमा औषधीसमेत किनेर वितरण गर्दै आएका छन् । उनी बालरोग विशेषज्ञ डाक्टर हुन ।
डा. झाले आफुलाई समाजिक कार्य  गर्दा सन्तुष्टी मिल्ने गरेकाले आफुले कमाएको केहि अंश विपन्न नागरिकहरुमा लगानी गर्न पाउँदा खुसी लागेको बताए।  विपद् जोखिम न्युनिकरण गर्न सकेसम्म  प्रयास गर्ने उनले बताए ।
मानवअधिकारर्मी मुकेश मिश्रा भन्छन् ,`गाउँगाउँमा सिंहदरवार त आयो तर विपन्न तथा दलित नागरिकको अवस्था फेरिएको छैन,`समाजसेवा गर्ने व्यक्ति विपद्को समयमा नआउने हाे भने विपन्न परिवारमा निकैनै समस्या हुन्थे । ,  डा. झा जस्तै समाजसेवा गर्ने व्यक्तिले गर्दा विपन्न परिवारको समस्या केहि हदसम्म भए पनि टरेकाे   मिश्राकाे तर्क छ ।