विसुनदेव सरदार /लहान
पुस- २३ पुस,सिराहाकाे लहानमा संस्थागत, लोकतन्त्र र सुशासनका लागि नागरिक खबरदारी कार्यक्रम सम्पन्न गरेको छ।
नागरिक समाज नेपालले उधोग वाणिज्य संघ सिराहाकाे सभाहलमा देश र मधेशको दिग्भ्रमित राजनीतिको निकास र युवाको भुमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम गरेको हाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ,कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीले विकासको अधिकार महत्त्वपूर्ण अधिकार रहेको बताए । गाउँगाउँमा सिँह दरवार,आएसंगै भ्रष्टाचार बढेको उनको तर्क थियाे ।
उनले नेपालको कुनै पनि राजनीति पार्टीको नैतिकता नरहेको बताउदै उनीहरूले नैतिकता विहीन राजनीति गरिएको जिकिर गरे ।राजनीतिमा दण्डहीनता बढेको उनको तर्क थियो ।
उनले अहिलेको युवा पुस्ताले व्यवस्थाको विकल्प नखोजेर नेताको विकल्प खोजेको बताए।
उनले राजनीति दलहरू विकासमुखी हुनुर्नेमा जाेडदिए । उनले पुलपुलेसा , बाटोघाटो, आवास, उद्दमशीलतालाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले सेवामुखी समाज हुनु पर्ने आवश्यकता औल्याए । अधिकारमुखी साँस्कृति : अधिकारको आन्दोलन , जाति, भाषा , क्षेत्र र आस्था जस्ता ४ वटालाई अधिकारलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सुफल रमण,रोयल सफ्टेक कलेज लहानका संस्थापक अध्यक्ष डा. महादेव साह, कार्यक्रम संयोजक नागरिक नेपालका कुमार कमलेन्द्रम , मानव अधिकारकर्मी , संचारकर्मीको गरि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले वर्ग भेद, जाति भेद र लिङ्गभेद विरुद्ध लाग्नुपर्ने , स्वदेशमै रोजगार सृजना गरिनुपर्ने जाेड दिएका थिए ।