लालबन्दी ,पुस-२०,लालबन्दी नगरपालिका वडा नं.-१७ मा डिप बाेरिङ निर्माणकाे शुभारम्भ गरिएको छ ।
लालबन्दी नगरपालिका का प्रमुख वासुदेव अधिकारी र वडाध्यक्ष विष्णु अधिकारीले बुधवार (आज) डिप बाेरिङ निर्माण कार्यकाे शुभारम्भ गरेका हुन ।
लालबन्दी नगरपालिकाकाे समन्वय तथा नक्टाझीजकाे कार्यक्रम अन्तर्गत नगरसंगकाे साझेदारीमा डिप बाेरिङकाे निर्माण सम्पन्न हुने मेयरका स्वकीय सचिव भानुभक्त बरालले जानकारी दए ।
स्वकीय सचिव बरालका अनुसार झण्डै १ करोडकाे लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाबाट साविक रानीगंज -५ काे ८० बिघा क्षेत्रफलमा सिंचाइ सेवा विस्तार हुनेछ ।
डिप बाेरिङ निर्माण सम्पन्न भए पछि यहाँका व्यावसायिक तरकारी खेती गर्दै आएका सयौं किसान लाभान्वित हुने र आयआर्जन टेवा पुग्ने स्थानीय जनक राज पौडेलकाे विश्वास छ ।