चियोचर्चो खबर
माघ २० —हरिवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजकुमार राय यादव भूमि आयोग सर्लाहीको अध्यक्षमा मनोनित भएका छन् । नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयले ७७ वटै जिल्लामा मनोननय गरेको सूचीमा नेता यादवको नाम समावेस गरिएको छ । अध्यक्ष सहित तीन सदस्यीय भूमि आयोग सर्लाहीको सदस्यमा संचिता घिमिरे उप्रेती र विज्ञ सदस्यको रुपमा सुरेश कुमार साह चयन भएका छन् ।
अध्यक्षमा मनोनित भए पछि नेता यादवले अब जिम्मेवारी अनुसार काम कारबाही अगाडी बढाउने जानकारी दिए । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको थियो ।
७७ वटै जिल्लाका अध्यक्ष र २ सदस्य गरी तीन जनालाई नै आगामी माघ २४ गते आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताईएको छ । भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सम्बन्धित जिल्लाका नेकपा नेताहरु रहेका छन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने बताईएको छ ।