सर्लाही,पुस १८ –गाँजा खेती नष्ट गर्ने अभियान थालेको  सर्लाही प्रहरीले  यसलाई निरन्तरता दिएको छ।  आईतवार  जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ८ बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरीले साेमवार थप ९ बिघामा लगाइएको  गाँजा खेती नष्ट गरेको जनाएको छ। सर्लाही प्रहरीले  यसलाई निरन्तरता दिएको छ। 

आईतवार  जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ८ बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरीले साेमवार थप ९ बिघामा लगाइएको  गाँजा खेती नष्ट गरेको जनाएको छ।
दुई दिनमा प्रहरीले १५ बिघा बढी क्षेत्र लगाइएको गाँजा खेती नष्ट गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आएका एसपी नरेशराज सुवेदीले हाजिर भएको केही साता नबित्दै गाँजा खेती नष्ट गर्ने अभियान थालेका हुन ।
गाँजा खेती नष्ट गर्न साेमवार पनि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट पनि इन्स्पेक्टरकै कमाण्डमा ६० जना प्रहरी टोली नारायण खोला पुगेको थियो ।
लालबन्दी -१४ का विभिन्न स्थानमा गाँजा खेती भइरहेको छ, भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा र आसपासका १५  बिघा बढीको क्षेत्रफलमा लगाइ  तयारी हुन लागेको गाँजा फडानी गरेको हो ।
एसपी नरेश सुवेदीले आफू शुक्रवार जिल्लामा हाजिर हुनासाथ नारायण खोलामा कानूनद्वारा निषेध गरिएको गाँजाखेती भइरहेको सूचना पाएको बताए ।  सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आईतवारबाट प्रहरी टोली पठाएर फडानी गर्न सुरु गरेको उनलेे बताए ।
उनले अब निरन्तर प्रहरी पठाएर नारायण खोलामा भइरहेको प्रतिवन्धित गाँजा खेती नष्ट गर्ने अभियान चलाउने बताएका छन् । नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको भएपनि   स्थानीयले गाँजाको खेती छाडेका छैनन् ।
जिल्ला  दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्दै आइरहेका छन् ।
अन्न उत्पादनले दुई महिना पनि नधान्ने भएपति बाध्य भएर गाँजा खेतिमा लागेको एक स्थानीयले बताए । तयार हुनै लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको उनिहरुको गुनासो छ ।
सडक नपुगेका कारण त्यहाँका स्थानीय  खोलाकाे बगरबाट  हिड्न पर्ने बाध्यतामा छन् ।