सर्लाही,पुस, –१६, ब्रोइलर कुखुरा बोकेको पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।


मलंगवाबाट नवलपुरतर्फ आईरहेको प्रदेश २–०३–००१ च २३९६ नम्बरको बलेरो पिकअपले हरिपुर नगरपालिका–८ जगतपुर स्थित नवलपुर–मंलगवा सडकखण्डमा हिँडिरहेका साईकल यात्री हरिपुर नगरपालिका–२ निवासी ३५ वर्षीय चक्रेश्वर चौधरीलाई पछाडीबाट ठक्कर दिएको हो । शुक्रबार राती ८ बजे बलेरोबाट ठक्करबाट गम्भिर घाईते चौधरीको प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्फ लैजाने क्रममा शनिबार बिहान सबा १२ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मृतक चौधरीको शव हाल सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
ठक्कर दिएर फरार गाडी र चालकलाई राती नै लालबन्दी नगरपालिका–१७ रानीगंज स्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

यता गएराति १० बजेको समयमा ईश्वरपुर १२ स्थित पुर्वपश्चिम राजमार्गको बाँके जंगलमा ना १ ब २५५६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको । दुर्घटनामा धनुषाधाम ३ बस्ने रोशन यादव गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागि गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलंगवामै उनको उपचार भएको थियो । उपचारकै क्रममा राती १२ बजेर १० मिनेटमा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । उनी लालबन्दी नगरपालिकामा सब ईन्जिनियरको रुपमा कार्यरत थिए । घटना भएको सूचना पाउनसाथ पुगेको प्रहरीले उनको मोटरसाईकल नियन्त्रणमा राखेको छ । उनको शव प्रादेशिक अस्पताल मलंगवामा रेहेको प्रहरीरले जनाएको छ ।