शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ।

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ?

दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा

जुका जस्ता परजिवीको संक्रमणमा परेमा

महिनावारी हुँदा धेरै रगत बगेमा

यदि कुनै कारणवश रगत खेर गएमा वा घाउ/चोटपटक लागेमा

किशोरीहरूमा रक्तअल्पताले के हुन्छ?
शारीरिक तथा बौद्धिक विकासमा कमी आउने

सानो कदको, कम तौलको, ख्याउटे हुन सक्ने

काम गर्ने तथा सिक्ने क्षमतामा कमी

महिनावारी अनियमित हुन सक्ने

किशोरीहरू रक्तअल्पता कै अवस्था लिएर वयस्क हुने र यसरी वयस्क भएका महिलाहरू गर्भवती हुँदा उनीहरूबाट महिना नपुगेका तथा कम तौल भएका शिशु जन्मने सम्भावना बढी हुने

किशोरीहरूमा रहेको उच्च रक्तअल्पतालाई कम गर्न आफ्नो समुदायमा पाइने आइरनयुक्त खानेकुराहरूको साथै साप्ताहिक रूपमा आइरन चक्की र ६-६ महिनामा जुकाको औषधि खानुपर्दछ। यसलाई आपतकालिन अवस्थामा पनि निरन्तरता दिनुपर्दछ। स्वास्थ्य खबर