कृष्ण थपलिया
मलंगवा ,माघ १९— नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले साेमवार सर्लाहीसहित देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ । हिजो विज्ञप्ति जारिगर्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमवार मुलुकभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
जस अन्र्तगत सोमवार सर्लाही सदमुकाम मलंगवा मा नेपाली कांगे्रसले विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको हो ।

नेपाल तरुण दलका जिल्ला अध्यक्ष सूर्यनारायण रायको अध्यक्षता कार्यक्रम भएको कार्यक्रम संचालक नेपाल विद्यार्थी संघका नेता युवराज देवकोटाले बताए ।
प्रदर्शनमा केन्द्रीय सदस्य जंगीलाल राय र शम्भुलाल श्रेष्ठ, नेपाली कांगे्रसका जिल्ला उपसभापतिद्वय सुरेन्द्र प्रसाद सिंह र रामवलि साह, जिल्लाका पूर्व पार्टी सभापति लक्ष्मण राय र महेन्द्र साह, नेपाली कांगे्रसका मलगंवा नगरपालिकाका नगर समिति सभापति चन्द्रकिशोर साह लगायत कांग्रेसका नेता कार्यकर्ताहरुकोे सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांगे्रसको १३ वटै भातृ संगठनका प्रतिनिधिहरुले प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय गैर संवैधानिक भएकाले यस निर्णयलाई खारेज गरेर संसद पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए ।