सर्लाही,पुस-१४ ,जिल्लाको हरिपुर नगरपालिका -१ मा रहेको १० कठ्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन।

बिहीवार (आज) दिउँसो जनमत पार्टीका जिल्ला नेता त्रिभुवन सिंहको नेतृत्वमा आएका कार्यकर्ताले बरहथवा नगरपालिका -९, घर भएकि निर्मला मैनाली पन्तको नाममा रहेको १० कठ्ठा जग्गा कब्जा हो।
मैनालीले स्थानीय उमादेवी महतोलाई झुक्याएर १० कठ्ठा जग्गा आफ्नो नाममा नामसारी पास गरेकाले जग्गा कब्जा गरेको सिंहले दावी गरे
महतोको नाममा रहेको १० कठ्ठा जग्गा चलनचल्तीको मुल्यमा २०७८ सालमा खरिद गरेको मैनालीको भनाइ छ । जनमत पार्टीले विना जानकारीआफ्नो नाममा रहेको १० कठ्ठा जग्गामा कब्जा गरेर आफूमाथि अन्याय गरेको मैनालीले बताइन् । मैनालीले २०७८ साल देखिनै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन्। प्रहरीलाई कुनै दल वा समूहले जग्गा कब्जा गरेको बारे जानकारी नआएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।