कृष्ण थपलिया/सर्लाही
पुस-१४,जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं.-१४, डाईनीखाेलामा बिहीवार (आज)बाट बिजुली बत्ती बालिएको छ।


लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख  संजिव कुमार साहले  नयाँ जडान गरिकाे ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत सेवा शुभारम्भ गरेका हुन।
भौगोलिक विकटताका कारण जिल्लाकाे कर्णाली भनेर चिनिने वडा नं. -१४ का स्थानीय आसपासकाे बस्तीमा बिजुली पुगेको दुई दशक भइसक्दा पनि वर्षौँदेखि टुकी बालेर बस्नुपर्ने  बाध्यता थिए ।
आफ्नो गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन्। हर्षित स्थानीयले मेयर अधिकारी, वितरण केन्द्र प्रमुख साह र वडाध्यक्ष छेनाम सिंह  घिसिङलाई खादा र अविर लगाएर स्वागत गरेका छन् ।


विद्युत् विस्तारपछि आफुहरूकाे  दैनिकीमा सहजता आएको स्थानीयले बताएका छन् । विद्युत् विस्तारपछि आफ्नो  वडाका झण्डै ३ सय परिवार लाभान्वित भएका वडाध्यक्ष घिसिङले बताए ।
गत आर्थिक वर्षको प्रारम्भदेखिनै  विद्युत् विस्तार थालिएको घिसिङले बताए । वडामा  ६  वटा २५ केभिए र एउटा १५ केभीको ट्रान्सर्फमर जडान  गरिएको छ । भाैगाेलिक विकटताकाे कारण वडा सवै क्षेत्रमा अझै पनि विद्युत विस्तार हुन सकेको छैन ।अझै ४/५ सयको संख्यामा तारपाेल गरिएमा सवैले विद्यूत सेवा उपभाेग गर्न पाउने वडाध्यक्ष घिसिङले बताए ।
लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीले
वडा नं. १४ लाई पर्यटकीय स्थलको रूपमा बिकास गर्न आफुले पहल गर्ने बताए । ´मुख्यतः यहाँ बाटो विस्तार गर्नु पहिलो आवश्यकता हाे,`´ यश क्षेत्रलाई केन्द्रले हेर्ने अवस्था ल्याउन सकिन्छ भन्नेमा लागेका छाैं` मेयर अधिकारीले भने।
मेयर अधिकारीले अवसर र चुनाैतीकाे मिलेर सामना गर्न विद्युत् प्राधिकरण र सराेकारवाला निकायलाई आग्रह गरे ।
मेयर अधिकारीले हाल बजार क्षेत्रमा सञ्चालन भएको वडा कार्यालय सवैलाई पायक पर्ने गरि वडाकाे केन्द्र भागमा सञ्चालन गरेर नागरिकलाई सेवा दिन वडाध्यक्ष घिसिङलाई आग्रह गरे ।
लालबन्दी वितरण केन्द्रका प्रमुख  साहले नगरपालिकालाई  प्राधिकरण संग समन्वय गरेर अघिबढ्न आग्रह गर्दै, प्राविधिक लगायत सवै खालका सहयोग गर्न आफू तयार रहेको बताए ।


लालबन्दी नगरपालिकाकाे वडा नं.१४ जिल्लाकै विकट चुरे क्षेत्र हाे । यहाँ हिउँदमा मात्र खाेलाकाे बाटो भएर यातायातका साधन हरू चल्ने गर्छन् । सडक पूर्वाधारको बिकास हुन नसक्दा यहाँ का कयौं नागरिकले समयमै उपचार पाउन नसकेकैकारण अकालमै ज्यान गुमाउनु परेको छ ।