सर्लाही,पुस-११,जिल्लाकाे लालबन्दी -१,नवलुरमा दुग्ध व्यवसायसँग सम्बन्धित सराेकारवालाहररूकाे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दुग्ध विकास बाेर्ड मधेस प्रदेशले आज (साेमवार) कामधेनु गाैशाला नवलपुरकाे प्राङ्गणमा दुग्ध व्यवसाय सँग सम्बन्धित सराेकारवालाहरू संग अन्तरक्रिया गरेको हाे ।
मधेस प्रदेस कृषि मन्त्रालयकी सचिव- डा नम्रता सिंहकाे प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा प्रदेशका सर्लाही,राैतहट र बारा जिल्लाका दुग्ध उत्पादक संघसंस्थाका प्रतिनिधि र सराेकारवालाहरूकाे सहभागिता रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेस कृषि मन्त्रालयकी सचिव डा नम्रता सिंहले दाना खुवाए मात्र दुधकाे उत्पादन गर्दा किसानले राम्रो प्रतिफल लिन नसक्ने भएकाले घासमा आधारित पशुपालनमा जाेड दिइन् । उनीले रासायनिक मलाई विस्थापित गरि कम्पाेस्ट मल प्रयोग गर्दै, उत्पादन सगसगै माटोको उर्भरा शक्तिमा वृद्धि गर्नुपर्नेमा जाेड दिइन् । दूध उत्पादन र बिकासकाे लागि बाेर्डले काम गर्ने उनको भनाइ थियो ।
दुग्ध विकास बाेर्ड मधेस प्रदेशका निर्देशक शंकर साहले हरेक जस्तो समानकाे खरिदमा गाउँबाट सहर तिर पैसा जाने गरेको भएपनि गाउँमा उत्पादन हुने दुधले दैनिक ६ करोड गाउँमा भित्र्याउने गरेको बताउदै दुधकाे व्यवसायीक्तामा जाेड दिए ।
उनले एकआपसमा सिकाइ आदानप्रदान हाेस भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम कामधेनु गाैशालामा राखिएको बताउदै, यसबाट सिक्न र लक्ष्य निर्धारण गरेर अघि बढ्न आग्रह गरे ।
निर्देशक साहले कार्यक्रममा बाेर्डकाे आगामी नीति तथा कार्यक्रम बारे जानकारी गराइएका थिए ।
कार्यक्रमका सहभागीहरूले कृतिम गर्भधारण गराउदा राम्रो बाछाबाछी उत्पादन नभएको ,दुधकाे उत्पादन घटेको,भारतबाट गाई ल्याउदा सास्ती खेप्नुपरेको,अनुदान प्रभावकारी नभएको, झाेलेहरूले अनुदान पाएकाे भन्दै ,यसको अन्त्य हुनुपर्नेमा जाेड दिए। वास्तविक कृषकले भन्दा पनि अन्य व्यवसायीले अनुदानकाे ऋण पाएका,आफुहरूले पाउन नसकेको उनीहरूले गुनासो गरेका थिए ।
कामधेनु गाैशालाका सञ्चालक अजितसरण उपाध्यायले
स्वागत मन्तव्य राख्दै,२ वटा गाईबाट सुरु गरेको आफुसंग अहिले २०० वटा गाई रहेको,गाईको गाेबरबाट पूर्ण रूपमा उत्पादन हुदा ४ हजार घन मिटर ग्यास उत्पादन हुने अवस्था रहेको बताए । उनले आफुले उत्पादन गरेको ग्यासबाट ५०० वटा अटो सञ्चालन गर्न सकिने बताए ।
दुग्ध विकास बाेर्डका पशु विकास अधिकृत उपेन्द्र सिंहले सञ्चालन गरेको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यान्वयन एकाइ सिराहका बरिस्ठ पशुविकास अधिकृत डा.सुरेन्द्र यादव दुग्ध विकास बाेर्डका सदस्यद्वय बिरबहादुर लामा,विजय चाैरसिया,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम धिमिरेले अनुदानको पछि लाग्नु भन्दा कम खर्चमा राम्रो उत्पादन लिन किसानहरू अग्रसर हुनुपर्नेमा जाेडदिए ।