ललाबन्दी, माघ १९ — सर्लाहीमा पुष अन्तिम साताबाट शुरु भएको चिसो तथा शितलहरको असर बालिनालीमा पर्न थालेको छ । चिसोले कारण फुल फुली रहेका मुसुरो, रहर, खेसरीलगायतको बालिमा फुल सुक्ने समस्या देखिन थालेका छन् ।
बालिनालीमा छिट्टै फुल सुक्ने समस्याले उत्पादनमा असर गर्ने र बालीको उत्पादकत्वमा कमी आउने कृषि बिज्ञहरुको भाई छ ।
चिसोले तरकारी लगाएतका दलहन, तेलहन बालीमा समेत क्षति गर्ने विज्ञहरुको बताउछन् । गोलभेडा,सिमी,खुर्सानी लगायतका बालिनालीमा यसको प्रत्यक्ष असर रहने विज्ञहरु बताउछन् । बोट बिरुवाका पात पहेलो हुने तथा पात र डाँठमा कालो दाग देखिने कृषि प्राबिधिकहरु बताउँछन् ।
पात तथा डाँठमा कालो दाग देखिनु भनेको डढुँवा रोगको लक्षण भएको कृषि विज्ञको भनाई छ ।यस्ता समस्या भएको बालीमा प्राबिधिकको सल्लाहमा औषधि छर्नुपर्ने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहाको भनाई छ । पारिलो घाम लागेमा यस्तो रोगले थोरै असर गर्ने र आफँै ठिक हुने गर्दछ ।
समस्या देखिएको खण्डमा प्रबिधिकको सल्लाहमा शित ओभाएको समयमा औषधि छर्कन सकिने कृषि प्राविधिक बताउछन् ।