सर्लाही,पुस-९, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
शनिवार (आज) नगरकाे वडा नं १,३ र वडा नं ९ का १ सय जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हाे ।

ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा बागमती सेवा समाज नेपालले ईश्वरपुरका विपन्न नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ ।
इस्लामिक रिलिफ नेपाल ईश्वरपुर नगरपालिका तथा बागमती सेवा समाज नेपालको समन्वयमा नगर प्रमुख आचर्य तथा वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले ईश्वरपुरमा कपडा बैंकको आवश्यकता औल्याए ।
उनले बर्सेनि जाडो याममा विपन्न नागरिकले अकालमै ज्यान गुमाउने पर्ने अवस्था रहेकाे बताउदै , नगरपालिकाल, वागमती सेवा समाज नेपाल र इस्लामिक रिलिफ नेपालकाे संयुक्त प्रयासमा कपडा बैंक स्थापना गर्नक् पहल गर्ने बताए ।
कपडा बैंक स्थापना पछि विपन्न नागरिकले ,इच्छा अनुसार प्रति परिवार ८ हजार ५ सय बराबरको न्यानो कपडा लिन सक्ने वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले बताए ।
विपन्न परिवारहरुमा वल्यांकेट, ज्याकेट,सल,थर्मल सेट,उलन टोपी ,मोजा,फम,डसना,सिरक सानो साईज,उलन कपडा,अलमुनियम केटली,मच्छर झुल लगायतको सामग्रीहरु वितरण गरिने छ ।
आज प्रति वडा ५० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिने गरिएको छ । यसैगरी आजै हरिपुर नगरपालिका वडा नं ३ र ९ मा पनि न्यानो कपडा वितरण भएको बागमती सेवासमाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
सर्लाहीको ईश्वरपुर र हरिपुर नगरपालिका गरि क्रमिक रुपमा १५ सय ३० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिने वागमती सेवा समाज नेपालले जनाएको छ ।
कार्यक्रममा इस्लामिक रिलिफ नेपालका प्रतिनिधि हिमाल ओझा, वडा नं १ का वडाध्यक्ष धरमेन्द्र यादव, वडा नं ३ का वडाध्यक्ष विश्वनाथ सहनी , वड नं ९ का वडाध्यक्ष नन्दलाल चौधरी, समाजसेवी सुनिता श्रेष्ठ आचर्य,नेपाली कांग्रेस नेत्री सर्मिला थापा,नारायण माविका नवनिर्वाचित व्यवस्थापन समितिको अध्यक्ष रुस्तम मिकरानी लगायतकाे उपस्थिति रहेको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए ।