केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ। 
चिसोबाट बच्न यी उपायहरू अपनाऔँ।
-शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ कोठा न्यानो पारौं र पर्याप्त हावा ओहोरो दोहरो हुने व्यवस्था गरौँ

1140x725

काठमाडौं- केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ। 
चिसोबाट बच्न यी उपायहरू अपनाऔँ।
-शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ कोठा न्यानो पारौं र पर्याप्त हावा ओहोरो दोहरो हुने व्यवस्था गरौँ

– बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट बचाऔँ

– आमाको दूध खाने बच्चाहरुलाई नियमित रूपमा स्तनपान गराऔं

– तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ,

– धूम्रपान तथा मद्यपान नगरौँ

– स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तै ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यार घ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ

– सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौं । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुन सक्छ

– आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछोडौँ स्वास्थ्य खबर