तस्विर -गुगल साइड

कृष्ण थपलिया
बागमती,मघ १९—सर्लाहीको बागमती नगरपालीका ४ जिरायतमा आगो ताप्ने क्रममा जले एक वृद्धा महिलाकोे मृत्यु भएको छ ।
मुत्यु हुनेमा बागमती ४ वस्ने बर्ष ७५ की आईतीमाया बि.क.रहयकी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्की शसरिरको बिभिन्न भागमा जली घाईते भएकी बि.क को नेशनल मेडिकल कलेज बिरगंजमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकि काठमाण्डौ पठाएको थियो । थप उपचारका लागि काठमाण्डौ लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको लाश पोष्ट माटमको लागि रौतहटको च.पुरमा स्थित सरकारी अस्पतालमा राखि अनुसन्धान भई रहेको प्रहरीले जनायको छ ।